दफा ६१
दसी प्रमाण पेश गर्ने सम्बन्धी व्यवस्था
(१) यस ऐन बमोजिमको कसुरको सम्बन्धमा बरामद भएका वन पैदावार वा त्यस्तो कसुर हुने कार्य गर्नको लागि प्रयोग भएका औजार तथा अन्य साधन दसी प्रमाणको रुपमा मुद्दा हेर्ने अधिकारी समक्ष पेश गर्नु पर्नेछ।

(२) उपदफा (१)“मा जुनसुकै कुरा लेखिएको भए तापनि त्यसरी बरामद भएका वन पैदावार औजार तथा अन्य साधन दसी प्रमाणको रुपमा मुद्दा हेर्ने अधिकारी समक्ष पेश गर्न नसकिने भएमा त्यस्तो दसी प्रमाण नजिकको वन कार्यालयको जिम्मामा राखी सोको मुचुल्का पेश गरेमा दसी प्रमाण पेश गरे सरह मानिनेछ।

(३) उपदफा (२) बमोजिम दसी प्रमाण राखेको ठाउँमा मुद्दा हेर्ने अधिकारीले डोर खटाई प्रतिवेदन लिई कारबाही गर्न सक्नेछ।